१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १९:३३:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पोखरामा जलपन्छी गणना सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १९:३३:oo

सिमसारमा आश्रित पानीचराहरूको अवस्था पत्ता लगाउने उद्देश्यसहित पोखरामा मंगलबारदेखि जलपन्छी  गणना सुरु भएको छ । अंग्रेजी नयाँ वर्ष सुरुसँगै जनवरीको पहिलोदेखि तेस्रो हप्तामा सन् २००४ देखि पोखरामा जलपन्छी गणना गरिँदै आइएको छ । गणनामा स्वयंसेवी पंक्षीअवलोकनकर्ता, स्थानीय बासिन्दा, सरोकारवाला निकाय, पत्रकार र संरक्षण संघ संस्थाको सहभागिता रहेको छ । पोखरा उपत्यकामा रहेका तालहरूबाट सुरु गरिएको गणना बुधबारसम्म जारी रहनेछ ।

पहिलो दिन विजयपुर खोला, कमलपोखरी, गुँदे, खास्टे, न्युरेनी, दिपाङ, मैदी, बेगनास र रूपा तालमा गणना गरिएको र दोस्रो दिन फेवातालमा जलपंक्षी गणना कार्यक्रम गरिने टाइगर माउन्टेन पोखरा लजका नेचुरलिस्ट झलक चौधरीले जानकारी दिए । सिमसारमा आश्रित पानीचराहरूको अवस्था पत्ता लगाउनुसँगै संख्याको अध्यावधिक गर्न, संरक्षणमा स्थानीय समुदायलाई सहभागी बनाउँदै जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रत्येक वर्ष नेपालभर जलपंक्षीहरूको अनुगमन र गणना गर्ने गरिएको पोखरा पंक्षी समाजका अध्यक्ष तथा गणनाका क्षेत्रीय प्रतिनिधि मनशान्त घिमिरेले जानकारी दिए । 

सन् १९८७ देखि वर्षेनी नियमित रूपमा गरिँदै आएको जलपंक्षी गणना कार्यक्रम पोखरा उपत्यकामा रहेका तालहरूबाट सुुरु गरिएको हो । सन् २००४ बाट पोखरा उपत्यकामा नियमित आधिकारिक गणना र अभिलेख राखिएको छ । यस वर्ष पनि १७ पुसदेखि माघ ५ (जनवरी १ देखि १९) सम्म विश्वभरका साथै नेपालका ६० भन्दा बढी ताल तलैया र नदीका भागहरूमा जलपक्षीहरूको गणना गरिने घिमिरेले जानकारी दिए ।

दक्षिण एसियामै पहिलोपटक वन्यजन्तु पर्यटन भित्र्याउने पायोनियर कम्पनी टाइगर टप्सको चेन होटेल टाइगर माउन्टेन पोखरा लजका प्रबन्धक मार्कस कटनको अगुवाइमा सन् २००४ देखि पोखरा उपत्यकामा सुरु गरिएको पानीचरा गणना पोखरामा रहेका केही पथ प्रर्दशकहरू, नेपाल पंक्षी संरक्षण संघ पोखरा र पछिल्लो समयमा पोखरा पक्षी समाजको संलग्नतामा प्रत्येक वर्ष नियमित रूपमा हुँदैआएको छ ।  

यस वर्ष टाइगर माउन्टेनन पोखरा लज, पोखरा पक्षी समाज, हिमालयन डटर्स बर्ड क्लब, नेपाल पक्षी संरक्षण संघ पोखरा शाखा, पर्यटन गाइड, संरक्षणकर्मी, पत्रकार, पक्षी अवलोकनकर्ता, स्थानीय बासिन्दा, सरोकारवाला निकायहरूको सहभागिता रहने संघका अध्यक्ष घिमिरेले बताए । हालसम्म गरिएको गणनामा पोखरा उपत्यकामा ४६ प्रजातिका पानीचराको अभिलेख गरिए पनि वर्षैभरि गरिने अध्ययनमा १०२ प्रजातिका पानीचरा देखिएको घिमिरेले जानकारी दिए ।
 

ad
ad