
पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वीजयन्तीको अवसरमा सिंहदरबारको मूल गेटअगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन्। मंगलबार दिउँसो पूर्वराजा शाहले सिंहदरबार गेटअगाडि पुगेर पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका हुन्। यसअगाडि राष्ट्रपति विद्या भण्डारीले पनि सिंहदरबारअगाडि पुगेर पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेकी थिइन्।