१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष २५ आइतबार
  • Monday, 30 June, 2025
२o७८ पौष २५ आइतबार १५:१९:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

भारतीय संसद्का चार सयभन्दा बढी कर्मचारीमा कोभिड संक्रमण    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ पौष २५ आइतबार १५:१९:oo

भारतमा संसद्का चार सयभन्दा बढी कर्मचारीमा कोभिड- १९ को संक्रमण पुष्टि भएको स्थानीय सञ्चारमाध्यमले आइतबार जनाएको छ। अधिकारीहरूका अनुसार कर्मचारीहरूलाई मंगलबारदेखि शनिबारसम्म अनियमित परीक्षणको क्रममा उक्त संक्रमण देखिएको हो। संसद्को बजेट अधिवेशनअघि नै संक्रमित भेटिएका हुन्। एक स्थानीय समाचार एजेन्सीले जनाएअनुसार एक हजार चार सय नाै संसद् कर्मचारीमध्ये चार सय दुईजनामा संक्रमण पुष्टि भएको हो।     

‘जनवरी ४ देखि जनवरी ८ सम्म गरिएको परीक्षणमा चार सय दुई कर्मचारीमा संक्रमण देखिएको छ। ती सबै नमुना ओमिक्रोन भेरियन्ट कन्फर्मेसनका लागि जिनोम सिक्वेन्सिङमा पठाइएको छ,’ एक अधिकारीले भने। संसद्का कर्मचारीको आन्तरिक सन्देशमा कर्मचारीलाई सरकारको निर्देशनअनुसार सावधानी अपनाउन सुझाव दिइएको प्रतिवेदनमा उल्लेख छ।     

स्थानीय सञ्चारमाध्यममा उद्धृत गरिएको आन्तरिक सन्देशमा भनिएको छ, ‘लोकसभाका दुई सय  र राज्यसभाबाट ६९ जना र एक सय ३३ सहयोगी कर्मचारीको परीक्षण पजिटिभ देखिएको छ।