मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ पौष २५ आइतबार ०६:५१:००
Read Time : < 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

प्रचण्ड र नारायणकाजीलाई संक्रमण, प्रधानमन्त्री पनि आइसोलेसनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ पौष २५ आइतबार ०६:५१:००

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा केही असहजता देखिएकाले शुक्रबार बेलुकी पिसिआर परीक्षण गर्दा प्रचण्डलाई संक्रमण पुष्टि भएको स्वकीय सचिव गंगा दाहालले बताइन् । उनको स्वास्थ्य अवस्था सामान्य छ । चिकित्सकको सल्लाहअनुसार प्रचण्ड आइसोलेसनमा बसेका छन् ।

यस्तै, अर्का नेता श्रेष्ठलाई पनि शुक्रबार पिसिआर परीक्षण गर्दा संक्रमण देखिएको हो । उनी पनि आइसोलेसनमा छन् । प्रचण्डका स्वकीय सचिव रमेश मल्लमा पनि संक्रमण पुष्टि भएको छ । माओवादीका अरू केही केन्द्रीय नेतामा पनि कोरोना देखिएको छ । 

उता प्रधानमन्त्री शेरबहादुर देउवा आइसोलेसनमा बसेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी शनिबारदेखि आइसोलेसनमा बसेका हुन् । आइतबार प्रधानमन्त्री देउवाको कोरोना परीक्षण हुनेछ ।

दुई दिनअघि बालुवाटारमा भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रधानमन्त्री देउवा, प्रचण्ड र श्रेष्ठ सहभागी थिए । प्रचण्डमा संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री देउवासहित सत्तागठबन्धनका शीर्ष नेतासमेत कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।