मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ पौष २० मंगलबार
  • Monday, 31 August, 2026
रमेश रावल सुर्खेत
२o७८ पौष २० मंगलबार १६:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय सभा निर्वाचनका लागि कर्णालीमा ६ जनाको उम्मेदवारी दर्ता

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
२o७८ पौष २० मंगलबार १६:५o:oo

कर्णाली प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ६ जनाको उम्मेदवारी दर्ता भएको छ। तीनजना सदस्य पदका लागि ६ जनाको उम्मेदवारी दर्ता भएको हो। नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीलगायत गठबन्धन दलका तर्फबाट तीनजना र नेकपा एमालेका तर्फबाट तीनजनाले उम्मेदवारी दर्ता गराएका छन्। 

गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नरबहादुर विष्ट (सुर्खेत), नेपाली कांग्रेसका दुर्गाकुमारी गुरुङ (सुर्खेत), नेकपा एकीकृत समाजवादीका उदयबहादुर बोहरा (सल्यान) ले उम्मेदवारी दर्ता गराएका छन् भने नेकपा एमालेबाट चूडामणि शर्मा (सुर्खेत), पदबहादुर माझी (दैलेख) र गंगा थापा महत (जुम्ला) ले उम्मेदवारी दर्ता गराएका हुन्। कर्णालीमा प्रदेश सभाका ३५ सांसद र ७९ पालिकाका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्ष एक सय ५६ गरी एक सय ९१ जनाले मतदान गर्नेछन्।