१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष १९ सोमबार
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ पौष १९ सोमबार ११:३९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

घट्यो सुनको मूल्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष १९ सोमबार ११:३९:oo

सुनचाँदी बजारमा सोमबार छापावाल सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेर ९३ हजार एक सय रुपैयाँमा आएको छ। अघिल्लो दिन प्रतितोला ९३ हजार चार सय  रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ, जसको मूल्य आइतबार प्रतितोला ९२ हजार नाै सय  रुपैयाँ तोकिएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार दुई सय ६५ रुपैयाँमा आएको महासंघले जनाएको छ। चाँदी आइतबार प्रतितोला  एक हजार दुई सय ७० रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार आठ सय २४ डलर आसपास कारोबार भइरहेको छ।