१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
मनीष खड्का रुकुम पूर्व
२o८१ बैशाख १९ बुधबार ११:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

रुकुम पूर्वमा १४ मजदुर हिउँमा फसे 

Read Time : < 1 मिनेट
मनीष खड्का, रुकुम पूर्व
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार ११:२o:oo

घोडेटो बाटो निर्माणमा खटिएका १४ जना मजदुर हिउँमा फसेका छन् । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका– २ पेल्माको घुसदुङमा एक सातादेखि स्थानीय १४ मजदुर हिउँमा फसेका हुन् । गत मंगलबार र बुधबार भएको भारी हिमपातका कारण बाटो निर्माण गर्न गएका मजदुरह? आफू बसेको ठाउँबाट निस्कन सकेका छैनन् । वडा नम्बर २ बाट घोडेटो बाटोका लागि बजेट विनियोजन भएको थियो ।

उक्त बाटो निर्माणका लागि उनीहरू खटिएका थिए । तर, मौसममा आएको परिवर्तनसँगै भारी मात्रामा हिउँ परेपछि उनीहरू घर फर्किन पाएका छैनन् । उनीहरू आफूहरू बसेको ठाउँमै फसेको वडा नम्बर २ का वडा सदस्य मनराम झाँक्रीले बताए । उनका अनुसार आइतबार मात्र मजदुरहरू फसेको जानकारी प्राप्त भएको हो । विकट ठाउँ र सूचनाको पहुँचभन्दा बाहिर रहेकाले हिउँमा फसेको धेरै दिनपछि मात्र जानकारी आएको बताइएको छ । हिउँमा फस्नेरूमा जोकप्रसाद बुढा, औँसी बुढा, विशाल बुढा, दयालाख कामी, रमजित कामी, जानी बुढा, कृष्ण बुढा, दीपक कामी, सुनिल झाँक्री, जुनदेवी झाँक्री, पेमबहादुर कामी, बहादुर बुढा, नवीन बुढा र नान्तेन पुन रहेका छन् ।

आज उद्धार हुन्छः प्रजिअ 
हिउँमा फसेकाहरूको आजै उद्धार गरिने प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिए ।  ‘हिउँमा फसेका मजदुरहरूको उद्धारका लागि हेलिकोप्टर पठाइदिन गृह मन्त्रालयलाई आग्रह गरेका छौँ,’ बाँस्कोटाले भने, ‘सकभर उनीहरूको आजै उद्धार हुन्छ ।’ उनीहरू फसेको ठाउँ पहिचानको प्रयास भइरहेको र ठाउँ पहिचान भएमा उद्धार गर्न सहज हुने उनको भनाइ छ । 

ad
ad