१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ८ मंगलबार १२:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

वेस्ट इन्डिजको आक्रामक ब्याटिङ, २४ बलमा जोनसनकाे अर्धशतक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार १२:५७:oo

वेस्ट इन्डिज ‘ए’का जोनसन चार्ल्सले नेपालविरुद्ध अर्धशतक पूरा गरेका छन्। त्रिवि क्रिकेट मैदानमा जोसनले केवल २४ बलमा ५० रन जोडेका हुन्। 

उनले आफ्नो आक्रामक इनिङ्समा पाँच चौका र चार छक्का प्रहार गरेका थिए। उनले सागर ढकालको ओभरमा एक रन लिँदै अर्धशतकीय इनिङ्स पूरा गरेका हुन्। 

नेपाल भ्रमणको क्रममा वेस्ट इन्डिजको टोलीमा अनुभवी खेलाडीमध्ये जोनसन पनि पर्छन् । उनले ५८ एकदिवसीय दुई शतकसहित १५ सय ३७ रन जोडेका छन्। यसैगरी टी–२० आईमा उनले एक शतक र चार अर्धशतकको सहयोगमा एक हजार ८५ रन बनाएका छन्। त्रिवि क्रिकेट मैदानमा नेपाल र वेस्ट इन्डिज ‘ए’बीच तेस्रो खेल टी–२० खेल भइरहेको छ। 

वेस्ट इन्डिजले टस जितेर ब्याटिङ रोजेको थियो। क्रिजमा जोनसनलाई एन्ड्रे फलेचरले साथ दिइरहेका छन्। दुवैले दोसो विकेटका लागि ८६ रनको साझेदारी गरेका छन्। वेस्ट इन्डिजले सात ओभरमा एक विकेटको क्षतिमा ८७ रन बनाएको छ।

ad
ad