१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २३ आइतबार o७:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

पहाडीसहित ६ अनुवादक सम्मानित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o७:४८:oo

वरिष्ठ साहित्यकार रामबहादुर पहाडीसहित ६ स्रष्टालाई ‘नेपालीमा रुसी साहित्य अनुवाद सम्मान’बाट सम्मानित गरिएको छ । नेपाल रुस साहित्य समाज र रुसी केन्द्रद्वारा काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा पहाडीसहित गोपीरमण पराजुली, होमर श्रेष्ठ, डा. बलराम अर्याल, ललिजन रावल र भगवानचन्द्र ज्ञवालीलाई सम्मान गरिएको हो ।

पहाडीले रुसी साहित्यकार लियो टोल्सटोयको कृति ‘युद्ध र शान्ति’लाई नेपालीमा अनुवाद गरेका छन् । रुसी साहित्यका विभिन्न पुस्तकहरूलाई नेपाली भाषामा अनुवाद गरी दुई मुलुकबीच साहित्य तथा संस्कृति आदानप्रदानमा गरेको योगदानको कदर गर्दै उनीहरूलाई सम्मान गरिएको नेपाल–रुस साहित्य समाजका अध्यक्ष जंगव चौहानले बताए । सम्मानित व्यक्तित्वहरूलाई प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानकी अनुवाद विभाग प्रमुख उषा ठाकुरले सम्मानपत्र प्रदान गरेकी थिइन् । 

रुसी भवन काठमाडौंकी निर्देशक युलिया आन्द्रसोभाले अनुवाद कठिन कार्य रहेको बताइन् । ‘अनुवादको महत्व जोकोहीले देख्दैनन्, तर सबैले नदेखे पनि अनुवाद नहुने हो भने कुनै एकदेशको साहित्य र संस्कृतिका विषयमा अन्य मुलुकका मानिसले थाहा पाउँदैनथे,’ उनले भनिन् । महाकवि देवकोटा काव्यिक साँझसमेतका नाममा आयोजना गरिएको कार्यक्रममा आन्द्रसोभाले देवकोटाको नेपाली साहित्यका सुनौला कवि रहेको बताइन् ।

त्यस्तै, नेपाल–रुस साहित्य समाजका अध्यक्ष जंगव चौहानले सन् १९५८ मा तत्कालीन सोभियत संघको तासकन्दमा महाकवि लक्ष्मीप्रसाद देवकोटाले गरेको चर्चित भाषणले नेपाली साहित्यबारे विश्वसमुदायबीच छवि राम्रो भएको बताए । 

ad
ad