अवैध हतियारसहित एक पक्राउ

शुक्रबार, ९ पुष, २०७८
डिजिटल संस्करण

अवैध हतियारसहित कास्की प्रहरीले पोखराबाट एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कास्कीकाे माछापुच्छ्र्रे गाउँपालिका वडा नं.५ रिभान बस्ने वर्ष ३४ का गणेश गुरुङ रहेकाे कास्कीका प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए। 

पोखरा महानगरपालिका वडा नं.३२ मजुवाबाट एकनाले भरुवा बन्दुक एक थान, सोही बन्दुकमा लाग्ने केप एक थान र बारुद १५ ग्रामसहित गुरुङलाई प्रहरीले पक्राउ गरेको हो।

गस्तीमा खटिएको इलाका प्रहरी कार्यालय सिसुवा र वडा प्रहरी कार्यालय गगनगौँडाको प्रहरी टोलीले बन्दुक, केप र बारुद बोराभित्र लुकाइछिपाई लिएर हिँडिरहेको अवस्थामा गुरुङलाई पक्राउ गरेको हो। पक्राउ परेका गुरुङलाई हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ। 

See More On

सुझावित समाचार