१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
अखिल अल्हा
२o८१ बैशाख २० बिहीबार o८:१५:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

भारतका प्रतिष्ठित शैक्षिक संस्थानमा रहेको जातिवाद 

Read Time : > 2 मिनेट
अखिल अल्हा
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:१५:oo

भारतमा सीमान्तकृत समुदायका आकांक्षीलाई दक्ष नभएको कारण देखाई शैक्षिक संस्थानमा भर्ना वा सार्वजनिक क्षेत्रका रोजगारीमा नियतवश रोक्नका लागि ‘अन्तर्वार्ता’ संयन्त्रको चरम दुरुपयोग हुने गरेको छ 


केही दिनअगाडि गोविन्दवल्लभ पन्त सोसियल साइन्स इन्स्टिच्युट अफ अलाहबादको छनोट समितिले कुल १६ अन्य पिछडिएका जात (ओबिसी)का उम्मेदवारमध्ये एकजना पनि उपप्राध्यापक पदका लागि योग्य उम्मेदवार भेटेन । ओबिसी वर्गका लागि छुट्याइएका ती खाली पदमा सदाझैँ प्रस्तुत गरिने ‘नन फाउन्ड सुइटेबल’ अर्थात् ‘उपयुक्त उम्मेदवार नभेटिएको’ स्पष्टीकरण दिइएको थियो ।

यस समाचारले सामाजिक सञ्जालमा ठूलो विरोध निम्त्यायो, नतिजा दुई दिनमै रिक्त पदका लागि पुनः आवेदन माग गरियो । यो घटना सेलाउन नपाउँदै भारतकै उत्कृष्टमध्येको एक जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू)को विद्यावारिधी (पिएचडी)को प्रवेश परीक्षाको नतिजा बाहिर आयो । यस नतिजामा अनुसूचित जाति (एससी) अर्थात दलित, अनुसूचित जनजाति (एसटी) र ओबिसीलगायत् आरक्षित वर्गका उम्मेदवारलाई अन्तर्वार्ता परीक्षामा अस्वाभाविक रूपमा कम अंक दिइएको थियो । अर्थात्, कुल अंक ३० मा एकदेखि चारसम्म मात्रै अंक दिइएको थियो ।

भारतमा सीमान्तकृत समुदायका आकांक्षीलाई दक्ष नभएको कारण देखाई शैक्षिक संस्थानमा भर्ना वा सार्वजनिक क्षेत्रका रोजगारीमा नियतवश रोक्नका लागि ‘अन्तर्वार्ता’ संयन्त्रको चरम दुरुपयोग हुनु कुनै नौलो घटना होइन । सीमान्तकृत तप्काका मानिसको सामाजिक–आर्थिक उन्नति नचाहनेहरूले वास्तवमा ‘गुणवेत्ता र स्तरीयता’ कायम राख्न दशकौँदेखि ‘अन्तर्वार्ता’ अस्त्रको प्रयोग गर्दै आएका छन् ।

आरक्षित समुदायलाई दिइने अंकको आँकडा पर्याप्त नहुनु र जातिवादी रहेका मूलधारका मिडियाका कारण यो मुद्दा ओझेलमा पर्ने गरेको छ । यद्यपि, सूचनाको अधिकार ऐन (आरटिआई एक्ट)ले केही हदसम्म तथाकथित उपल्लो जातका अन्तर्वार्ताकारको पूर्वाग्रहका मामिलालाई बाहिर ल्याउन सघाएको छ । सामाजिक सञ्जालका कारण यी अन्यायविरुद्ध सार्वजनिक धारणा पनि बन्ने गरेका छन् ।    

प्रगतिशील समाज वैज्ञानिक एवं इतिहासकार उत्पादन गर्ने चर्चित जेएनयूलगायत भारतका प्रायः सबै शैक्षिक संस्था आरक्षणलाई कमजोर पार्न ‘अन्तर्वार्ता’ अस्त्रको चरम दुरुपयोग गर्न पछि पर्दैनन् । जेएनयूमा एमफिल र पिएचडी गरिरहेका वेला लिखित परीक्षामा राम्रो गरेका थुप्रै आरक्षित वर्गका उम्मेदवारलाई अन्तर्वार्तामा शून्य अंक दिएका खबर सतहमा आउँथे । यो त्यतिवेला नै गम्भीर जाँचको विषय बन्न सक्थ्यो, तर बनेन । केही वर्षअगाडि प्राध्यापक अब्दुल नाफेको अध्यक्षतामा विश्वविद्यालयको आन्तरिक समितिले सबै सामाजिक वर्गमा लिखित र अन्तर्वार्ता नतिजामा आएको भिन्नतालाई अवलोकन गरेको थियो र यसले भेदभाव देखाएको थियो । यो भेदभावलाई कम गर्न अन्तर्वार्ताको कुल अंक ३० बाट १५ मा झार्न सिफारिस पनि गरिएको थियो ।

दुई प्राज्ञ जोसिल के. अब्राहम र सन्तोष एसले सन् २०१० मा इकोनोमिक एन्ड पोलिटिकल विक्ली (इपिडब्लू)को एक आलेखमा दिल्ली विश्वविद्यालयमा दलित र आदिवासी संकायको संख्या क्रमशः ३.२९ प्रतिशत र १.४४ प्रतिशत मात्र रहेको उल्लेख गरेका थिए । यो अवस्था आइआइटी र आइआइएमजस्ता प्रतिष्ठित संस्थाहरूमा पनि देख्न सकिन्छ र बाराम्बार आरक्षितका रिक्त पदका लागि ‘उपयुक्त उम्मेदवार नभेटिएको’ स्पष्टीकरण प्रस्तुत गरिन्छ । 

सिद्धार्थ जोशी र दीपक मलघनका अनुसार सन् २०१७ मा इपिडब्लूको एक आलेखमा सन् २०१६ सम्म ६ वटा आइआइएमएसमा केवल दुई एससी संकाय सदस्यहरू थिए भने एसटीबाट कुनै पनि संकाय थिएनन् । अन्य आठ आइआइएमहरूले तथ्यांक नै प्रदान गरेनन् र उनीहरूले संकायका सामाजिक वर्ग जनाउने आँकडा नराख्ने गरेको जवाफ दिएर टारे । लेखकहरूले यो जानकारी आरटीआई एक्टमार्फत संकलन गरेका थिए । सरकार र अन्य सरोकारवालाको निरन्तर मागका बाबजुद पनि स्वायत्तता कायम राख्ने नाममा यी संस्थाले आरक्षणविना काम गरिरहेको देखाएका छन् ।

हिन्दुस्तान टाइम्समा प्रकाशित रिपोर्टअनुसार जुलाई २०१९ मा शिक्षामन्त्री रमेश पोखरियालले लोकसभामा एउटा प्रश्नको जवाफ दिँदै २३ आइआइटीमा ६ हजार ४३ संकाय सदस्यमध्ये दुई दशमलव पाँच प्रतिशत मात्र अनुसूचित जाति र शून्य दशमलव तीन–चार प्रतिशत अनुसूचित जनजाति छन् भन्ने जवाफ दिएका थिए । स्मरण रहोस्, अनुसूचित जातिहरूका लागि १५ प्रतिशत र अनुसूचित जनजातिका लागि ७.५ प्रतिशत कोटा छुट्याइएको छ ।

धर्म, जाति, नश्लका आधारमा हुने विभेद गर्न नपाइने संवैधानिक प्रावधानका बाबजुद सार्वजनिक संस्थानहरूमा हुने छनोट प्रक्रियामा जातीय भेदभाव एकदमै व्याप्त छ । निम्न उपायहरू लागू गर्दा सार्वजनिक संस्थाहरूमा हुने छनोट प्रक्रियाहरूका भेदभावपूर्ण प्रवृत्तिलाई कम गर्न सहयोगी हुन सक्छ । पहिलो, अन्तर्वार्ताकारसमक्ष उम्मेदवारको जात खुलाउनुहुँदैन । विज्ञको हैसियतमा केही अन्तर्वार्तामा भाग लिएको मेरै अनुभवमा पनि ‘उच्च’ जातका अन्तर्वार्ताकार प्रायः आरक्षित वर्गका उम्मेदवारलाई कम अंक दिने गर्छन् । यी अन्तर्वार्ताकार छनोटका आरक्षित वर्गलाई धेरै अंक आवश्यक हुँदैन भन्ने सोचाइ राख्छन् । असाध्यै कम अंक दिएर हुने भेदभावको सम्भावनालाई यो उपायले धेरै कम गर्न मद्दत गर्छ । 

दोस्रो, अन्तर्वार्ता टोलीमा आरक्षित वर्गका पर्यवेक्षकहरू संस्थानबाहिरका हुनुपर्छ र यी पर्यवेक्षकलाई हस्तक्षेपकारी अधिकार दिइनुपर्छ । तेस्रो, उम्मेदवार छनोट प्रक्रियामा ‘उपयुक्त उम्मेदवार नभेटिएको’ भन्ने मापदण्डलाई अनिवार्य रूपमा एकपटकभन्दा बढी प्रयोग गर्न नपाउने नियम बनाइनुपर्छ । द वायरबाट   

ad
ad