१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
तस्बिर : देव गुरुङ, प्रमुख सचेतक नेकपा (माओवादी केन्द्र)
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष ५ सोमबार १२:२५:००
Read Time : < 1 मिनेट
अन्तर्वार्ता डिजिटल संस्करण

प्रतिपक्षका कारण संसद् ‘डेडलक’ भइरहेको छ : देव गुरुङ (अन्तर्वार्ता)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष ५ सोमबार १२:२५:००

प्रतिनिधिसभा विघटन भएको एक वर्ष पुग्दै छ, विघटनपछि संसदीय कामकारबाहीको कसरी मूल्यांकन गर्नुभएको छ ? 
सत्तापक्ष र विपक्षी दलहरू मिलेर सदन चलाउने हो । एउटा पक्षले मात्रै सदन चलाउन मिल्दैन । तर, एमालेले सदन अवरुद्ध गरिरहेको छ । अघिल्लो अधिवेशनमा पनि काम गर्न पाइएन । अहिले पनि अवरुद्ध गर्न सुरु गरिसक्यो । त्यसकारण एजेन्डा पास हुने देखिँदैन । सरकारको काम बिजनेस दिने हो । संसद् चलाउने सबैले मिलेर हो । प्रतिपक्षको कारणले संसद् ‘डेडलक’ भइरहेको छ ।

संसद्ले कानुन बनाएको छैन । सांसदहरू बोल्न पाएका छैनन् । काम नै नगर्ने भएपछि संसदमाथि प्रश्न उठ्दैन ?
यो त सबै दल मिलेर चलाउने संरचना पर्‍याे । यहाँ सबै दल हिस्सेदार हुन्छन्, कसैको कम होला, कसैको बेसी होला । सबै दल मिलेर सञ्चालन गर्नुपर्ने हो, तर सहमति नै हुँदैन ।

यो गाँठो कसरी फुक्छ त ? कि यसैगरी चल्ने हो ?
सोचमा परिवर्तन गर्ने हो । विचार, चिन्तन र दृष्टिकोणमा परिवर्तन गर्ने विषय हो । संविधानप्रति शपथग्रहण गर्ने, संविधानलाई मान्छु भन्ने अनि संविधानको मर्ममा प्रहार गरेर संसद डेडलक गराउनु अवसरवादको पराकाष्ठा हो । संविधानविपरीत चिन्तनको पराकाष्ठा हो । संविधानमाथि मतभेद होला । तर, ‘सिस्टम’लाई अघि बढाउन दिनुपर्छ । राज्य सञ्चालनका लागि संविधान कार्यान्वयन हुन दिनुपर्छ ।