१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ११ शुक्रबार
  • Friday, 24 May, 2024
तस्बिर : नरजन तामाङ
रमेश रावल सुर्खेत
२o८१ जेठ ११ शुक्रबार १o:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

माओवादी कर्णाली प्रदेश : चार दिनसम्म नेतृत्व चयन हुन सकेन

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
२o८१ जेठ ११ शुक्रबार १o:२७:oo

नेकपा माओवादी केन्द्रको प्रथम कर्णाली प्रदेश सम्मेलनबाट नेतृत्व चयन गर्न सकेको छैन । शनिबारबाट सुरु सम्मेलनबाट नेतृत्वका आकांक्षी धेरै भएपछि  सर्वसम्मत नेतृत्व चयन हुन नसकेको हो । 

अध्यक्षका आंकाक्षी धेरै भएपछि नेतृत्व चयन गर्न सकस भएको छ । माओवादी केन्द्रका एक नेताका अनुसार प्रदेश अध्यक्षका लागि पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, पूर्वमन्त्री नरेश भण्डारी, टेकबहादुर बस्नेत, राजकुमार शर्मा र रामदीप आचार्यले दाबी गरिरहेका छन् ।

केन्द्रले वर्तमान अध्यक्ष राजकुमार शर्मालाई नै प्रदेश अध्यक्ष बनाउन दबाव दिएको छ भने अन्य नेताहरूले अध्यक्षमा आफ्नो दाबी छाडेका छैनन् । माओवादीका एक नेताका अनुसार केन्द्रले जे भन्छ त्यही हुने एक नेताले बताए । सकेसम्म पुरानो कमिटीलाई नै निरन्तरता दिने कि भन्ने बारेमा पनि नेताहरू बहस भइरहेको उनले जानकारी दिए । 

ती नेताका अनुसार २११ जनाको प्रदेश कमिटी आजै(मंगलबार) बनाउन र नौ जना पदाधिकारीको टुंगो केन्द्रले लगाउने विषयमा छलफल चलिरहेको उनले बताए । ‘विभिन्न विकल्पका विषयमा छलफल जारी छ’ उनले भने,‘सकेसम्म सर्वसम्मत नेतृत्व चयन हुन्छ ।’
 

ad
ad