१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १o:३४:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

नेपाली क्रिकेटर पिएसएलमा बिकेनन्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:३४:oo

पाकिस्तान सुपर लिग (पिएसएल) २०२१ को ड्राफ्टमा कुनै पनि नेपाली क्रिकेटर बिक्री भएनन् । एक समारोहबीच आइतबार सम्पन्न पिएसएल ड्राफ्टमा नेपालका चर्चित लेग स्पिनर सन्दीप लामिछानेसहित ११ खेलाडीमाथि सहभागी फ्रेन्चाइज टोलीले चासो नै देखाएनन् । लगातार तेस्रोपटक अक्सनमा नबिकेका सन्दीप प्लाटिनम श्रेणीको ड्राफ्टमा थिए । 

अक्सनको नियमअनुसार प्लाटिनममा बिक्री नभएका खेलाडीले आफ्नो नाम गोल्ड श्रेणीमा पनि दर्ता गराउन सक्छन् । सन्दीपले प्लाटिनममा बिक्री नभएपछि आफ्नो नाम गोल्डमा राखे । तर, यस गोल्ड श्रेणीमा पनि उनलाई कुनै पनि टोलीले चासो देखाएनन् । सन्दीप लगातार तेस्रोपटक पिएसएलमा नबिकेका हुन् । यसैगरी, सुरुवाती श्रेणीमा खेलाडी नबिके अन्तिम समयमा पूरक दुई–दुई खेलाडी अनुबन्ध गर्न पाउने नियम छ । यसमा पनि सन्दीप बिक्री भएनन् । 

पाकिस्तान सुपर लिगमा सन्दीप लामिछानेसहित ११ जना खेलाडीले ड्राफ्टमा नाम लेखाएका थिए, सहभागी फ्रेन्चाइज टोलीले नेपाली खेलाडीमाथि चासो नै देखाएनन् । 

सन्दीप अहिले अस्ट्रेलियाको चर्चित टी–२० फ्रेन्चाइज लिग बिग वासमा हरिकेन्सबाट खेलिरहेका छन् । यसैगरी, गोल्ड समूहमा नाम दर्ता गराएका नेपालका विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी पनि बिक्री भएनन् । गोल्डमा छनोट नभएपछि उनले आफ्नो नाम सिल्भरमा राखेका थिए । तर, उनी दुवै क्याटेगोरीमा बिकेनन् ।

सिल्भर विदेशी कोटामा सुशन भारी, सोमपाल कामी, साहब आलम, शरद भेषवाकर, सुवास खकुरेल, ललितनारायण राजवंशी, पवन सर्राफ, वसन्त रेग्मी र विक्रम सोब बिक्री नै भएनन् । गत वर्ष सिल्भर विदेशी कोटामा उपकप्तान दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, कुशल मल्ल, पारस खड्का, अभिनाष बोहोरा, पवन सर्राफ, सुवास खकुरेल र आसिफ शेख पनि बिकेका थिएनन् ।पिएसएल लिगमा खेलाडीलाई प्लाटिनम, डायमन्ड, गोल्ड, सिल्भर र इमर्जिङ क्याटेगोरीअन्तर्गत विभाजन गरिएको छ । जसमध्ये प्रत्येक टोलीले प्लाटिनम, डायमन्ड, गोल्डबाट समान तीन खेलाडी छनोट गुर्नुपर्नेछ । सिल्भरबाट पाँच खेलाडी छनोट गर्नुपर्नेछ । यस्तै, इमर्जिङ र वैकल्पिक समान दुई खेलाडी अनुबन्ध गर्नुपर्ने हुन्छ । 

प्लाटिनममा अनुबन्ध भएका खेलाडीले एक लाख ३० हजारदेखि एक लाख ७० हजार डलर प्राप्त गर्नेछन् । डायमन्डका खेलाडीले ५० देखि ८५ हजार डलर पाउनेछन् । गोल्डमा बिक्री भएका खेलाडीले ४० देखि ५० हजार डलर प्राप्त गर्नेछन् । सिल्भरमा रहेकाले १५ देखि २५ हजार डलरसम्म प्राप्त गर्नेछन् । 

ad
ad