१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o७:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

आइएमई जनरल इन्स्योरेन्सको केन्द्रीय कार्यालय भवन शिलान्यास

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:oo:oo

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको केन्द्रीय कार्यालय भवनको शिलान्यास गरिएको छ । काठमाडौंको पानीपोखरीमा बन्न लागेको भवनको शिलान्यास बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले गरेका हुन् । 

शिलान्यासको शुभसाइतको समयमा बिमा समितिका अध्यक्ष सिलवालले भवनको जगमा शिला राखेको जनाइएको छ । समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीको केन्द्रीय कार्यालयको प्रयोजनका लागि निर्माण गर्न लागिएको भवन समयमै निर्माण सम्पन्न हुने र उक्त भवन एक नमुना भवन हुने बताए । 

शिलान्यास समारोहमा बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, कम्पनीका संस्थापक सेयरधनी, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, कम्पनीका सञ्चालक समिति अध्यक्ष हेमराज ढकाललगायत सम्पूर्ण सञ्चालक, संस्थापक सेयरधनी, कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठलगायत उच्च व्यवस्थापन अधिकृत, विभागीय प्रमुखलगायत उपस्थित थिए ।

ad
ad