१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार o७:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

न्यायाधीशहरूको गुट–झगडामा एमालेको साथ छैन : ज्ञवाली 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o७:४४:oo

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सर्वोच्च अदालतमा भइरहेको हडताल दुई न्यायाधीश समूहबीचको गुट–झगडा भएकाले प्रधानन्यायाधीश हटाउने नेपाल बार एसोसिएसनको आन्दोलनलाई साथ दिन नसकिने बताएका छन् । ‘एमाले स्वतन्त्र र सक्षम न्यायालयको पक्षमा छ ।

न्यायिक क्षेत्रको विकृति अन्त्यका लागि गरिने हरेक प्रयासमा एमालेको साथ छ, तर सर्वोच्च अदालतमा भइरहेको हडताल न्यायिक सुधारसँग अन्तर्निहित छैन,’ प्रेस चौतारी नेपालले बिहीबार आयोजना गरेको अन्तरक्रियामा ज्ञवालीले भने, ‘अहिलेको हडताल दुई न्यायाधीश गुटबीचको झगडा हो । व्यक्तिमा केन्द्रित गरेर अहिले गरिएको हडतालले न्यायालय सुधार गर्दैन ।’ 

चितवनमा सम्पन्न दशौँ महाधिवेशनबाट एमाले राष्ट्रिय राजनीतिमा प्रभावशाली हस्तक्षेपका निम्ति तयार भएर काठमाडौं फर्किएको दाबी गर्दै उनले तीन तहको निर्वाचनमा बहुमत हासिल गरेपछि फेरि पनि मुलुकको नेतृत्व गर्ने बताए ।

‘राष्ट्रिय राजनीतिमा प्रभावशाली हस्तक्षेपका निम्ति तयार भएर एमाले चितवनबाट काठमाडौं फर्किएको छ । पार्टी निर्माण र राष्ट्र निर्माणको अभिभारा तय गरेको छ । तीनवटै तहको निर्वाचनमा बहुमत प्राप्त गरेर एमालेले मुलुकको नेतृत्व गर्नेछ,’ ज्ञवालीले भने ।

महाधिवेशनले संस्थापन समूह, पूर्वमाओवादी समूह र दशबुँदे सहमति मान्ने समूहसहित तीनवटै समूह समाप्त पारेर एउटै मनोविज्ञान र एउटै लय बनाएको उनको भनाइ थियो । २८ मंसिरमा संसद् आह्वान भए पनि माधव नेपालसहितका सांसदलाई एमालेले गरेको कारबाहीले मान्यता नपाएसम्म बैठक चल्न नदिने पूर्ववत् अडानमा कुनै परिवर्तन नभएको ज्ञवालीले बताए ।

ad
ad