१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o६:४६:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

राप्रपा महाधिवेशन :  आज निर्वाचन, चार हजार ३८० मतदाता, २७६ उम्मेदवार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:४६:oo

अध्यक्षमा थापा र लिङ्देनबीच प्रतिस्पर्धा

राप्रपामा अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री र १४१ जना केन्द्रीय सदस्यका लागि शनिबार बिहान निर्वाचन हुँदै छ । अध्यक्षका लागि नेताद्वय कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुनेछ । उपाध्यक्षमा नौजना, महामन्त्रीमा ६ जना र केन्द्रीय सदस्यका लागि २७६ जनाको उम्मेदवारी परेको छ । 

अध्यक्ष, उपाध्यक्ष, महामन्त्री र केन्द्रीय सदस्य गरी जम्मा १४९ जना निर्वाचित हुनेछन् । केन्द्रीय निर्वाचन समितिका सदस्य श्यामबहादुर शाहीका अनुसार शनिबार बिहान ८ बजेबाट मतदान सुरु हुनेछ । अध्यक्षका लागि मतपत्रबाट मतदान हुनेछ भने पदाधिकारी र केन्द्रीय सदस्यका लागि विद्युतीय मेसिनबाट मतदान हुनेछ । 

थापा पक्षबाट उपाध्यक्षका उम्मेदवारमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, धु्रवबहादुर प्रधान र रोशन कार्की छन् । लिङ्देन पक्षबाट उपाध्यक्षमा विक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीलादेवी श्रेष्ठ उम्मेदवार छन् । उपाध्यक्षमा दुर्गा श्रेष्ठ र जगत गौचनले पनि उम्मेदवारी दिएका छन् । 

महामन्त्री पदका लागि दुवै पक्षले ६ जनाको उम्मेदवारी दर्ता गरेका छन् । थापा पक्षबाट नेताहरू भुवन पाठक, भास्कर भद्रा र कुन्तीकुमारी शाहीको उम्मेदवारी परेको छ । लिङ्देन समूहले महामन्त्रीमा रेखा थापा, डा. धवलशमशेर राणा र श्याम तिमल्सिनालाई उठाएको छ । 

यसैबीच, राप्रपा वरिष्ठ नेता हरिबहादुर बस्नेत नेतृत्वको केन्द्रीय निर्वाचन समितिले शुक्रबारसम्म मतदाता छानबिन सकेर जम्मा चार हजार ३८० जना मतदाताको अन्तिम नामावली सूची प्रकाशन गरेको छ । फर्जी मतदाता भएको भन्दै छानबिनको माग उठेपछि निर्वाचन समितिले छानबिनका लागि समिति गठन गरेको थियो । 

राप्रपा नेता तोरणबहादुर गुरुङ, पुष्कर अधिकारी, श्यामबहादुर शाही, झनक प्याकुरेल र कैयाँ चौधरी रहेको समिति गठन भएको थियो । शाहीका अनुसार शुक्रबारसम्म मतदाता नामावलीको अन्तिम सूची तय भएको छ । शनिबार ८ बजेदेखि ५ बजेसम्म अध्यक्ष, उपाध्यक्ष, महामन्त्री र केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ । अध्यक्षको चुनाव मतपत्रबाट हुनेछ भने बाँकीको भोटिङ मेसिनबाट हुनेछ । मतदान भएलगत्तै मतगणना सुरु गर्ने तयारी छ । 

उपाध्यक्षको उम्मेदवारका रूपमा नाम दुवैतर्फ रहेका पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार साँझ राजेन्द्र लिङ्देन समूहमा खुलेका छन् । उनी लिङ्देनसँगै चुनावी प्रचारप्रसारमा सहभागी भएको राप्रपाका केन्द्रीय कार्य सम्पादन समिति सदस्य रवीन चाम्लिङले जानकारी दिए । पाण्डेको समर्थनपछि लिङ्देन समूह उत्साहित भएको छ । तर, थापानिकट केन्द्रीय सदस्य राजाराम बर्तौलाले भने पाण्डेको समर्थन आफूहरूलाई रहेको जिकिर गरेका छन् । 

राप्रपामा विक्रम पाण्डे, दीपक बोहोरा, बुद्धिमान तामाङलाई राम्रो मत भएका नेता मानिन्छ । बोहोरा र तामाङले भने थापालाई समर्थन गरेका छन् । तामाङ थापा समूहबाट उपाध्यक्षका उम्मेदवार हुुन्, तर बोहोराले कुनै पनि पदमा उम्मेदवारी दिएका छैनन् ।

ad
ad