मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर १६ बिहीबार १०:२४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

स्प्राइटद्वारा चार विजेतालाई पल्सर हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर १६ बिहीबार १०:२४:००

स्प्राइटकोे ‘स्क्रिन टाइम प्रमोसनल अभियान’अन्तर्गत ‘चिलिङको स्टार्ट, मोबाइल र स्प्राइटको साथ’ शीर्षकको क्याम्पेन समापन भएको छ । ।  स्प्राइटले ४ जना भाग्यशाली विजेताहरूलाई एक–एकवटा बजाज पल्सर (१२५ सिसी) मोटरसाइकल हस्तान्तरण  गरेको छ ।

बोटलर्स नेपालका च्यानल मार्केटिङ म्यानेजर सुमितदास र हंसराज हुलासचन्द एन्डकोका असिस्टेन्ट जनरल म्यानेजर पुनम सिंहले टेकुस्थित बजाज सोरुममा विजेताहरूलाई मोटरसाइकल हस्तान्तरण गरेका छन् । त्यसैगरी विराटनगर, चितवन र हेटौँडाका विजेताहरूलाई पनि चाँडै मोटरसाइकल हस्तान्तरण गरिनेछ ।कार्यक्रमका बाँकी पाँचजना विजेताहरूलाई ४३ इन्चको सामसङ टिभी र २६३ जना विजेताहरूलाई सामसङ मोबाइल पनि प्रदान गरिएको थियो । पर्सा, वीरगन्ज, धरान, ताप्लेजुङलगायत समग्र नेपालबाट नै उल्लेख्य सहभागिता रहेको कम्पनीले जनाएको छ । 

बजाज पल्सर १२५ सिसी विजेता सौगात पुलामीले भने ‘यो क्याम्पेनमा सहभागी लाखौंँमा छानिएर मैले बाइक जितेकोमा खुसी लागेको छ । यो मेरो पहिलो बाइक भएकाले म यसलाई अत्यन्तै सम्हालेर राख्नेछु । यो पुरस्कारका लागि म स्प्राइट नेपाललाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।’  क्याम्पेन १५ सेप्टेम्बरदेखि ४ नोभेम्बर २०२१ सम्म सञ्चालन भएको थियो ।