मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ मङ्सिर १५ बुधबार
  • Saturday, 12 July, 2025
गगन अयडी बाजुरा
२o७८ मङ्सिर १५ बुधबार २१:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

यात्रुले जहाज धकेलेर रनवे खाली गराए

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
२o७८ मङ्सिर १५ बुधबार २१:३२:oo

बाजुरास्थित कोल्टी विमानस्थलमा अवतरणको क्रममा जहाजको टायर पन्चर भएपछि यात्रुहरूले जहाजलाई धकेलेर रनवे खाली गराएका छन् । बुधबार दिउँसो १ बजे हुम्लाबाट नेपालगन्जका लागि उडेको जहाज बाजुरामा रहेका यात्रु लिन कोल्टी विमानस्थल अवतरण गर्ने क्रममा टायर पन्चर भएको हो ।

यती एयरका प्रवक्ता सुदर्शन बर्तौलाले अरू जहाज अवतरण गराउनुपर्ने भएकाले त्यसका लागि रेनवेबाट जहाज हटाउन उपकरण नभएका कारण यात्रुले जहाज धकेल्नुपरेको  बताए । ‘यात्रुको सहायताले जहाजलाई धकेलेर साइड लगाइएको हो,’ उनले भने ।

बर्तौलाले पन्चर भएको जहाजको बुधबार नै टायर फेरिसकिएको र जहाज यात्रु लिएर नेपालगन्ज फर्किसकेको कोल्टी विमानस्थलका सुरक्षा गार्डले जानकारी दिए ।