१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर १५ बुधबार
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर १५ बुधबार १७:३७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रदेश अधिवेशनका लागि कांग्रेसले खटायो २१ निर्वाचन अधिकृत 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर १५ बुधबार १७:३७:oo

नेपाली कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत बिहीबारबाट सुरु हुने प्रदेश अधिवेशनका लागि निर्वाचन अधिकृत खटाएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार सात प्रदेशका लागि तीन–तीन जनाका दरले २१ अधिकृत तोकिएको छ।

समितिका अनुसार प्रदेश १ को निर्वाचन अधिकृतका रूपमा भरतबहादुर थापा, सीताराम राई र उत्तम पौडेल, प्रदेश २ मा प्रह्लाद गौतम, अरुणकुमार यादव र विनयकुमार शाह, बागमती प्रदेशमा केशव काफ्ले, ज्ञानेन्द्रप्रसाद अधिकारी र होमनाथ नेपाल, गण्डकीमा कृष्णबहादुर थापा, विष्णुकुशल भुजेल र यज्ञबहादुर राणा, लुम्बिनी प्रदेशमा प्रा.डा. बुद्ध थापा, घनश्याम पन्त र जीवनारायण अधिकारी, कर्णाली प्रदेशमा अरुण पौडेल, विवश बस्नेत र कृष्णप्रसाद शर्मालाई खटाइएको छ। त्यस्तै सुदूरपश्चिम प्रदेशतर्फ वीरबहादुर जेठारा, घनश्याम पाध्या र सुवासचन्द्र उपाध्यायलाई  निर्वाचन अधिकृतका रूपमा पठाइएको समिति सचिव श्रेष्ठले नयाँ पत्रिकालाई जानकारी दिए। 

निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार निर्वाचन अधिकृतहरूलाई सम्बन्धित प्रदेशमा खटाइसकिएको छ। कांग्रेसले स्थानीय र प्रदेश अधिवेशन सम्पन्न गराउन केन्द्रीय नेताहरूलाई जिम्मेवारी तोकेको थियो।

२८ कात्तिकमा बसेको केन्द्रीय कार्यसमिति बैठकले दिएको जिम्मेवारीअनुसार कांग्रेसले प्रदेश १ को अधिवेशन विराटनगरमा गर्ने र संयोजकमा केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलालाई जिम्मेवारी तोकको छ। त्यस्तै प्रदेश २ का लागि अधिवेशन हुने स्थान जनकपुर  र संयोजकमा केन्द्रीय सदस्य रमेश रिजाल, बागमती प्रदेशको अधिवेशन हेटौँडा र संयोजकमा नेता प्रकाशमान सिंह, गण्डकी प्रदेशको अधिवेशन पोखरामा र संयोजकमा केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, लुम्बिनी प्रदेशको अधिवेशन बुटवलमा र संयोजकमा बालकृष्ण खाण, कर्णाली प्रदेशको अधिवेशन सुर्खेत र संयोजकमा केन्द्रीय सदस्य जीवनबहादुर शाही र सुदूरपश्चिम प्रदेशको अधिवेशन धनगढीमा हुने र संयोजकमा केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूलाई तोकिएको छ।