१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर १३ सोमबार २०:३७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक, १८ मंसिरमा प्रदेश निर्वाचन, २७ मा केन्द्रीय कार्यसमितिको मतदान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर १३ सोमबार २०:३७:००

कांग्रेसले १४औँ महाधिवेशअन्तर्गत प्रदेश अधिवेशन र महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। केन्द्रीय निर्वाचन समितिको सोमबार बसेको बैठकले विस्तृत निर्वाचन तालिका सार्वजनिक गरेको हो। 

निर्वाचन समितिका अनुसार  १६ मंसिरमा प्रदेश अधिवेशन उद्घाटन, १७ मा उम्मेदवारी मनोनयन र १८ मा निर्वाचनको कार्यक्रम तय गरिएको छ । यसअघि मनोनयनपछि मात्र उद्घाटनको कार्यक्रम राख्ने गरिएको थियो। 

त्यस्तै, केन्द्रीय महाधिवेशनतर्फ १४ मंसिरमा उद्घाटन, २५ मा मनोनयन, २६ मा तयारी र २७ मा मतदानको मिति तय गरिएको छ।
यस्तो छ निर्वाचन कार्यतालिका–