१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १७:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कमल थापाले अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै भने : अधुरा काम पूरा गरेर नेतृत्व हस्तान्तरण गर्छु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १७:५३:oo

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले काठमाडौंमा मंसिर १५ गतेदेखि हुने पार्टीको महाधिवेशनमा आफूले पुनः अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्।  सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले काठमाडौंमा मंसिर १५ गतेदेखि हुने पार्टीको महाधिवेशनमा आफूले पुनः अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरे। उनले पार्टीमा रहेर नगरी नहुने काम धेरै रहेको र त्यो काम अपूरो छोडेर आफू बाहिरिन नसक्ने बताए। उनले एकपटक एकीकृत पार्टीको नेतृत्व गरेर राप्रपालाई एकपटक माथि उठाएपछि मात्रै नेतृत्व हस्तान्तरण गर्ने जिकिर गरे। 

अध्यक्ष थापाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्कमल दाहाल प्रचण्डलाई राजसंस्थासहितको प्रजातन्त्रलाई निषेध गर्ने गरी केही विषयहरूलाई अपरिवर्तनीय नदेख्न चेतावनी दिए। आफू बन्दुकसँगै खेलेर हुर्किएको भन्दै उनले प्रचण्डलाई बन्दुक बोकेर जंगल पसेको धाक नलगाउन पनि चेतावनी दिए। 

अध्यक्ष थापाले आगामी निर्वाचनबाट कांग्रेस र एमालेपछि तेस्रो ठूलो शक्तिको रूपमा राप्रपा उदाउने दाबी गरे। सबै एकत्रित भएर काम गरे आगामी निर्वाचनमा अप्रत्याशित सफलता हासिल गर्ने भन्दै अध्यक्ष थापाले आफूपछिको उत्तराधिकारी राजेन्द्र लिङदेन र धवलशमशेर नै भएकाले एकपटक एकत्रित पार्टीको नेतृत्व गरेर राप्रपालाई माथि उठाउने अवसर आफूलाई दिन आग्रह गरे। 

ad
ad