मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ मङ्सिर १० शुक्रबार
  • Friday, 28 August, 2026
तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
२o७८ मङ्सिर १० शुक्रबार १५:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मेरा खुट्टा तान्नेहरू आज देउवाका खुट्टा समातिराखेका छन् : अध्यक्ष ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर १० शुक्रबार १५:३६:oo

नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूलाई प्रधानमन्त्री हुँदा काम गर्न नदिनेहरूले अहिले शेरबहादुर देउवालाई काम गर्न नदिएकाे बताएका छन्। पार्टीको दशाैँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले आफ्नो खुट्टा तान्नेहरूले अहिले देउवालाई काम गर्न नदिएकाे बताएका हुन्।

‘अहिलेको सरकारका सम्बन्धमा म केही भन्न चाहन्नँ। सम्माननीय प्रधानमन्त्रीज्यूलाई हामीले आमन्त्रण गरेका छौँ। प्रधानमन्त्रीजीलाई मञ्चमा अतिथि बनाएर राखेर टिप्पणी गर्नु वाञ्छनीय हुँदैन,’ उनले भने, ‘प्रधानमन्त्री सायद काम गर्न चाहनुहुन्थ्यो कि ! तर, प्रधानमन्त्रीजीलाई काम गर्न गाह्रो छ कि ! मलाई अप्ठ्यारो पार्नेहरू, मेरा खुट्टा तान्नेहरू आज उहाँका खुट्टा समातिराखेका छन्।’