Skip This
एमाले महाधिवेशनमा महिला प्रतिनिधि कति छन् ?
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ मङ्सिर ९ बिहीबार
  • Tuesday, 16 September, 2025
२o७८ मङ्सिर ९ बिहीबार १७:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले महाधिवेशनमा महिला प्रतिनिधि कति छन् ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर ९ बिहीबार १७:३९:oo

नेकपा एमालेको दशौँ महाधिवेशनमा देशभरबाट ६२७ जना महिला प्रतिनिधि सहभागी हुने भएका छन्। यो कुल प्रतिनिधिको ३० प्रतिशत हो। बिहीबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले अन्य पार्टीभन्दा एमाले समावेशी भएको बताए। कुल २ हजार १७५ प्रतिनिधिमध्ये २९० जना दलित प्रतिनिधि रहेको उनले जानकारी दिए।

११ गते बिहान ८:३० बजेबाट नै बन्दसत्र सुरु हुने उनले जानकारी दिए। ११ गते साँझ ६ बजेसम्म उम्मेदवारी मनोनयन, दाबी विरोध र फिर्ताको कार्यक्रम महाधिवेशनमा रहेको छ। १२ गते बिहान ८ बजेबाट मतदान सुरु हुने र १३ गते बिहान नतिजा घोषणा गरिने उनले बताए। 

मतदानका लागि १ सय वटा विद्युतीय मेसिनको व्यवस्था गरिएको छ। त्यसमा १० वटा जगेडा राख्दै ९० वटा मात्रै प्रयोगमा ल्याइनेछ। महाधिवेशनमा कुल ७ करोड ५० लाख खर्च हुने भट्टराईले जानकारी दिए। यस्तै, महाधिवेशनमा ५ हजार स्वयंसेवक परिचालन गरिएको छ।