१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार १७:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

थप ३३२ जनामा कोरोना संक्रमण पुष्टि, चारको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १७:२९:oo

देशभर थप तीन सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा पिसिआर परीक्षणमा तीन सय पाँच र एन्टिजेन परीक्षणमा २७ जनामा संक्रमण देखिएको हो ।

यो अवधिमा सात हजार पाँच सय ९० जनाको पिसिआर परीक्षण र दुई हजार तीन सय ३० जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

हाल देशभर सात हजार तीन सय ६९ जना सक्रिय संक्रमित रहेका छन् । बुधबार दुई सय ३२ जना कोरोना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९७.७ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा चारजना संक्रमितको मृत्यु भएको छ। हालसम्म मृत्यु हुने संक्रमितको संख्या ११ हजार पाँच सय १३ पुगेको छ।

ad
ad