४५ ग्राम ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ

मंगलबार, ७ मंसिर, २०७८
डिजिटल संस्करण

दाङमा ४५ ग्राम ब्राउनसुगरसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालका अनुसार लमही नगरपालिका– ९  अमिलियाबाट भारतको बहाराइच तहसिल नानपारा घर भएका २८ वर्षीय नाइमलाई पक्राउ गरिएको हो।

सोमबार अपराह्न ५ बजेतिर पक्राउ परेका उनलाई मंगलबार सार्वजनिक गरिएको हो। यस विषयमा थप अनुसन्धान  भइरहेको प्रहरीले बताएको छ।

सुझावित समाचार