१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार १२:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सर्वोच्च परिसरबाट हतियारसहितका दंगा प्रहरी टोली हटाइयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १२:o१:oo

सर्वोच्च अदालत परिसरमा खटाइएका दंगा प्रहरी टोली हटाइएको छ। गृह मन्त्रालयको निर्देशनअनुसार सोमबार सर्वोच्च परिसरबाट दंगा प्रहरीकाे टोली हटाइएको हो। बारको आन्दोलन रोक्न र सर्वोच्च परिसरको सुरक्षाका लागि भन्दै महानगरीय प्रहरी कार्यालय (मेट्रो) ले दंगा प्रहरी खटाएको थियो। शान्तिपूर्ण आन्दोलनलाई बिथोल्ने गरी हतियारसहितका दंगा प्रहरी राखेको भन्दै कानुन व्यवसायीहरूले विरोध गर्दै आइरहेका थिए।

कात्तिक १४ गतेयता कानुन व्यवसायीहरू प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै सर्वोच्च परिसरमा विरोधका कार्यक्रम गर्दै आइरहेका छन्। आन्दोलन चर्कन थालेपछि नेपाल प्रहरीले त्यस क्षेत्रमा दंगा प्रहरी टोली परिचालन गरेको थियो। दैनिक रूपमा कानुन व्यवसायीले प्रदर्शनजन्य विरोध कार्यक्रम गरेपछि प्रहरी र कानुन व्यवसायीबीच धकेलाधकेल हुँदै आएको छ।

प्रदर्शनका क्रममा हुन सक्ने अप्रिय घटनालाई ख्याल गर्दै नेपाल प्रहरीले दंगासहित करिब एक सय ७० जनाको प्रहरी टोली सर्वोच्च परिसरमा खटाउँदै आएको थियो। आजदेखि करिब ४० जनाको दंगा नियन्त्रण टोली हटाइएको छ।

ad
ad