१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ मङ्सिर ५ आइतबार १२:४३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पर्यटन प्रवर्द्धनका लागि ब्रान्ड एम्बेस्डर बन्न रामदेवलाई मन्त्री आलेको प्रस्ताव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ मङ्सिर ५ आइतबार १२:४३:००

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले भारतीय योगगुरु रामदेवलाई नेपालको पर्यटन प्रवर्द्धनका लागि ब्रान्ड एम्बेस्डर बन्न प्रस्ताव गरेका छन्। 

आइतबार मन्त्रालयले आयोजना गरेको योग शिविर कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले योगगुरु रामदेवलाई नेपालको पर्यटन क्षेत्रको प्रचारप्रसार तथा प्रवर्द्धन गर्नका लागि ब्रान्ड एम्बेस्डर बन्न प्रस्ताव गरेका हुन्।  मन्त्री आलेले रामदेवलाई ब्रान्ड एम्बेस्डर बन्न प्रस्तावसहितको प्रमाणपत्रसमेत दिएका छन्। नेपाल बुद्ध र सगरमाथाको देश भनेर विश्वभरि चिनाउन योगगुरुको रामदेवको भूमिका महत्वपूर्ण हुने मन्त्री आलेले दाबी गरे। उनले भने, ‘हामीले मन्त्रालयको तर्फबाट जुन ब्रान्ड एम्बेस्डरका लागि अनुरोध गरेका छौँ। धेरैभन्दा धेरै पर्यटक भारतबाट नेपाल आउन् । हामी स्वागत गर्छौँ।'

योगगुरु रामदेवको माध्यमले भारतबाट नेपालमा धेरैभन्दा धेरै पर्यटक आउने उनको भनाइ छ। कोभिड– १९ को संक्रमण नेपालमा निकै कम भएको र धेरैले खोप लगाइसकेको उल्लेख गर्दै मन्त्री आलेले नेपालको पर्यटनको प्रचारप्रसारमा सहयोग गरिदिन रामदेवलाई आग्रह पनि गरे। 

रामदेवले भने मन्त्रालयको प्रस्तावलाई गम्भीरतापूर्वक छलफल गरेर निर्णय लिने बताए। उनले भने,  ‘हामीलाई दिएको प्रस्तावमा हामी गम्भीरतापूर्वक छलफल गरेर निर्णय गर्छौँ।’