मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ मङ्सिर २ बिहीबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ मङ्सिर २ बिहीबार १२:५७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कानुन व्यवसायी र प्रधानन्यायाधीश पक्षधरबीच झडप, वकिलहरूमाथि अपशब्द प्रयाेग गरेपछि स्थिति तनावग्रस्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ मङ्सिर २ बिहीबार १२:५७:oo

कानुन व्यवसायी र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्षधरबीच झडप भएको छ। प्रधानन्यायाधीश जबराको राजीनामाको माग गर्दै विगत दुई हप्ताभन्दा बढी समयदेखि निरन्तर प्रदर्शन गर्दै आएका कानुन व्यवसायी र प्रधानन्यायाधीश जबरा पक्षधरबीच नेपाल बार परिसरमा बिहीबार झडप भएको हो।

प्रधानन्यायाधीश जबरा पक्षधर चारजना कानुन व्यवसायीको प्रदर्शनमा छिरेर कानुन व्यवसायीमाथि अपशब्द प्रयोग गरेपछि झडप भएको हो। उनीहरूले कानुन व्यवसायीलाई ‘कोट च्यातेर जलाइदिने’ भन्दै धम्कीसमेत दिएको बताइएको छ। झडपपछि सर्वोच्च अदालतको स्थिति तनावग्रस्त बनेको छ।