१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २ बिहीबार
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर २ बिहीबार १२:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रहरीले बल प्रयोग गरेपछि बारको आकस्मिक बैठक बस्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर २ बिहीबार १२:४८:oo

नेपाल बार एसोसिएसनको आकस्मिक बैठक बस्दै छ। बारको जारी धर्नामा प्रहरीले बल प्रयोग गरेपछि आकस्मिक बैठक बस्न लागिएको बारका उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईले जानकारी दिए। प्रहरीले बल प्रयोग गर्दा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, केन्द्रीय सदस्य प्रकाश महर्जन, कपिल पोखरेल, रमण कर्ण, युवराज भण्डारी, गोपाल सापकोटा, ऋषिराम घिमिरेलगायतका कानुन व्यवसायी घाइते भएका छन्।

प्रहरीले बल प्रयोग गरेपछि बारका पदाधिकारी, सल्लाहकारहरू, पूर्वपदाधिकारीहरू र उपत्यका बारका पदाधिकारीहरूको बैठक बस्न लागेको हो। बैठकले उक्त घटनाका विषयमा आधिकारिक धारणा बनाउने बताइएको छ।