Skip This
सम्झौताअनुसार निर्माण सम्पन्न नगर्ने चार कम्पनी कालोसूचीमा
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ मङ्सिर १ बुधबार
  • Tuesday, 16 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर १ बुधबार १२:३५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सम्झौताअनुसार निर्माण सम्पन्न नगर्ने चार कम्पनी कालोसूचीमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर १ बुधबार १२:३५:oo

सम्झौताअनुसार निर्माण सम्पन्न नगरेको जनाउँदै सरकारले विभिन्न चार कम्पनीलाई कालोसूचीमा राखेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयको मंगलबार बसेको बैठकले आज बुधबारदेखि लागू हुने गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय मुजेलिया जनकपुरका सिफारिसमा नयाँबानेश्वर काठमाडौंस्थित भैरव कन्स्ट्रक्सन कम्पनीलाई दुई वर्षका लागि कालोसूचीमा राख्ने निर्णय गरेको हो।

यस्तै, प्रहरी प्रधान कार्यालयको सिफारिसमा त्रिपुरेश्वरस्थित न्यु लक्ष्मी इन्डस्ष्ट्रिज एन्ड सप्लायर्स, बनेपा नगरपालिका नगर कार्यपालिकाको सिफारिसमा ललितपुरको सापकोटा सप्लायर्स एन्ड निर्माण र शिवालय गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय जाजरकोटको सिफारिसमा काठमाडौं बानेश्वरको लार्ज बास्केट कम्पनी एक–एक वर्षका लागि कालोसूचीमा परेका छन्।

सार्वजनिक खरिद ऐनअनुसार कालोसूचीमा परेका कम्पनीले तोकिएको अवधिसम्म सरकारी निकायको कुनै पनि खरिद तथा निर्माणका कार्यमा भाग लिन पाउने छैनन्। कालोसूचीमा राख्नुभन्दा अगाडि सम्झौता भएका कार्य भने निरन्तरता हुने कार्यालयले जनाएको छ।