कपिलवस्तुबाट विप्लव नेतृत्वको नेकपाका सेक्रेटरीसहित १६ बन्दकर्ता पक्राउ

मंगलबार, ३० कार्तिक, २०७८
डिजिटल संस्करण

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै बन्द गराउन हिँडेका विप्लव नेतृत्वको नेकपाका १६ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला सेक्रेटरी कमल केसीसहित १६ जना विद्यार्थी नेता तथा कार्यकर्तालाई प्रहरीले विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।  

प्रहरी नायव उपरीक्षक डिएसपी धर्मराज भण्डारीका अनुसार कपिलवस्तुको वाणगंगाको ४ नम्बर बजार क्षेत्रबाट नाैजना, गोरुसिंगेबाट एक, विद्यार्थी जिल्ला इन्चार्ज विज्ञान क्षेत्री  र चन्द्रौटाबाट ६ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यता जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालयबाट प्रहरीहरू  पूर्व–पश्चिम राजमार्ग तथा बजारका चोकचोकमा बाक्लो मात्रामा परिचालित भएका छन् । प्रहरीले शान्ति सुरक्षाका लागि राजमार्गमा स्कर्टिङ गरी  रोकिएका सवारीसाधनहरूलाई गन्तव्यसम्म पुर्याएको छ ।  

See More On

सुझावित समाचार