१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार ११:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बेन्चभित्र प्रहरी राखेर बहस गर्ने अवस्था आउनु दुर्भाग्य : वरिष्ठ अधिवक्ता संग्रौला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:२७:oo

वरिष्ठ अधिवक्ता प्रा.डा. युवराज संग्रौलाले अदालतको बेन्चभित्र पुलिस राखेर बहस गर्ने अवस्था आउनु दुर्भाग्यपूर्ण रहेको बताएका छन्। न्यायालय सुधारका लागि भन्दै नेपाल बार एसाेसिएसनले गरेको धर्नापछिको कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता प्रा.डा. संग्रौलाले संविधान र लोकतन्त्रको संरक्षणका लागि आन्दोलन गर्नुपरेको स्पष्ट पारे।

‘पैसा नभएका गरिब जेलमा छन्। अदालतमा सेटिङ गर्न नसक्ने जेलमा पुगेका छन्,’ उनले भने, ‘अदालतको बेन्चभित्र पुलिस राखेर बहस गर्ने अवस्था आउनु दुर्भाग्य हो। सबैभन्दा मर्यादित व्यवसाय हो कानुन व्यवसाय।’

प्रधानन्यायाधीश जबराको कामको  समीक्षा इतिहासले गर्ने भन्दै उनले राजीनामा दिन आग्रह गरे। ‘प्रधानन्यायाधीशज्यूलाई अन्याय भएको रहेछ भने इतिहासले न्याय दिलाउनेछ। प्रधानन्यायाधीश तपाईं राजीनामा दिनुहोस्। म तपाईंलाई माला लगाएर यो गेटबाट बाहिर निकाल्छु। तपाईंको कामको समीक्षा इतिहासले गर्छ,’ संग्रौलाले भने।

उनले बार आन्दोलनमा असभ्य शब्द प्रयोग नगर्न आग्रह गर्दै भने, ‘बार आन्दोलनमा असभ्य शब्द प्रयोग नगरौँ। हाम्रो सभ्यतामा मुर्दावाद भनिँदैन। हामीले यो शब्द प्रयोग गर्ने हो भने बाहिर मुन्द्रले के प्रयोग गर्ने ? असभ्य बोल्ने कानुन व्यवसायी हुन सक्दैनन्।’ पार्टीको भागबन्डाका आधारमा न्यायालयमा नियुक्ति दिनु गलत भएको औँल्याउँदै उनले अदालतको कुरा हो भनेर राजनीतिक दलका नेताहरू चुकेको टिप्पणी गरे।

ad
ad