१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o८:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

मिस लिटिल नेवा : को उपाधि आर्यालाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:१२:oo

सामाखुसीकी १० वर्षीया आर्या श्रेष्ठले मिस लिटिल नेवाः नेपाल ११४१ को उपाधि पाएकी छिन् । शनिबार काठमाडौंमा सपन्न नेवार बालिका तथा किशोरीहरूको सौन्दर्य प्रतियोगिताबाट उनले मिस लिटिल नेवाःको उपाधि पाएकी हुन् । प्रतियोगितामा फोटोजेनिक र पब्लिक च्वाइसको उपाधि पनि आर्याले नै पाएकी छिन् । 

प्रतियोगिताका प्रमुख निर्णायक अशोकबाबु श्रेष्ठले उत्कृष्ट पाँचमा पुग्न सफल प्रतियोगीहरूलाई नेवारी कला, संस्कृति र संस्कार किन महत्वपूर्ण छ भनेर सोधेका थिए । सो प्रश्नमा उनले सुन्दर जवाफ दिएकी थिइन् । उनले संस्कृति मानव निर्मित सामाजिक घटक भएको र जुन मानव सभ्यता र उनीहरूको पहिचानको अस्तित्वका लागि बनाइएको बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘यसमा हामीले बोल्ने भाषा, हामीले मनाउने जात्रा र चाडपर्व, हाम्रो समाजमा पालना गर्ने परम्परागत वेशभूषा रीतिरिवाजजस्ता सबै मूर्त र अमूर्त सम्पदा समावेश हुन्छन् । यदि संस्कृति छैन भने मानिसको आफ्नो समुदाय र समाजमा सामाजिक पहिचान हुँदैन । मलाई लाग्छ मानव सभ्य र अनुशासित बनाउनका लागि संस्कृति पनि महत्वपूर्ण छ । संस्कृतिले ठूलालाई आदर गर्न र सानोलाई माया गर्न पनि सिकाउँछ ।’ 

नेपाली मौलिक सांस्कृतिक प्रतियोगिता मिस नेवाःको आयोजक संस्था नेप्लिज फेसन होम हो । कार्यक्रम जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना भएको थियो । उपाधिसँगै उनले २५ हजार रुपैयाँ पाएकी छिन् । १३औँ संस्करणको उक्त प्रतियोगितामा प्रतिनिधि मानन्धर फस्र्ट रनर्सअपका साथमा सोसियल वेलफेयर एम्बेस्डर चिफ, रिकृष्ना डंगोल सेकेन्ड रनर्सअप र नयना शाक्यले मिस ट्यालेन्टको उपाधि पाएकी छिन् । 
 

ad
ad