१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका विराटनगर
२o८१ बैशाख २० बिहीबार १७:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

प्रदेशस्तरीय अध्यक्ष कप तेक्वान्दोको उपाधि आयोजक आइटिएफलाई 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १७:४६:oo

प्रथम अध्यक्ष कप १ नं प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिताको उपाधि आयोजकले जितेको छ। मोरङको कानेपोखरी गाउँपालिका–६ रमाइलोमा सम्पन्न प्रतियोगितामा ८ स्वर्ण, ८ रजत र ९ कास्यसहित आयोजक आइटिएफ तेक्वान्दो डोजाङ कानेपोखरीले उपाधि उचालेको हो।

प्रतियोगितामा सुनसरी ८ स्वर्ण, २ रजत र ३ कास्यसहित दोस्रो हुँदा झापा ७ स्वर्ण, ९ रजत र ६ कास्यसहित तेस्रो भयो। मोरङकी इन्दिरा थापा उत्कृष्ट महिला खेलाडी घोषित भइन् भने पुरुषतर्फ सुनसरीका निकेश कटुवाल उत्कृष्ट रहे। प्रतियोगिताको अनुशासित टिम पाँचथर घोषित भयो।

इस्पारिङ जुनियर महिलातर्फ २०/२५ केजी तौल समूहको प्रथम सुनसरीकी सदीक्षा राई, द्वितीय आयोजकका तर्फबाट सुनिता तामाङ, तृतीय सुवानी राजभण्डारी र जेनिसा धिमाल भइन्। यस्तै, पुरुषतर्फको सिनियर ५०/५५ तौलसमूहको प्रथम सुनसरीका अनोज राई, द्वितीय झापाका मनीष श्रेष्ठ, तृतीय आयोजकका हरि श्रेष्ठ र मोरङका अर्जुन गिरी घोषित भए। यसैगरी पहेँलो प्याटनतर्फको प्रथम आयोजकका बेनिसा धिमाल, द्वितीय मोरङकी प्रिन्सा कार्की भइन्। महिला हरियो बेल्टतर्फ आयोजक स्वतिका माझी प्रथम भइन् ।

ad
ad