इन्धनको मूल्यवृद्धिको विरोधमा विद्यार्थीको प्रदर्शन

शुक्रबार, २६ कार्तिक, २०७८
डिजिटल संस्करण

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा संयुक्त विद्यार्थी संगठनले प्रदर्शन गरेका छन्। विरोधमा विद्यार्थीहरूले नेपाल आयल निगम घेराउ गरेका छन्।  विद्यार्थीहरूले इन्धनको मूल्य घटाउनुपर्ने भन्दै नाराबाजी गरेका छन्। आयल निगमले कात्तिक २४ गते राति १२ देखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो।

डिजेल, पेट्रोल र मट्टीतेलको मूल्यमा प्रतिलिटर तीन रुपैयाँ बढाइएको छ भने खाना पकाउने ग्यासको मूल्यमा प्रतिसिलिन्डर ७५ रुपैयाँ वृद्धि गरिएको छ। 
 

सुझावित समाचार