१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १८:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

एसियन गेम्स तयारीको वातावरण मिलाइदिन मन्त्रीलाई संघको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १८:२१:oo

खेलसम्बन्धी विभिन्न संगठनले एसियन गेम्सको अभ्यास थालनीको वातावरण मिलाइदिन नवनियुक्त युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजलाई आग्रह गरेका छन्। नेपाल ओलम्पिक कमिटीले सातदोबाटोस्थित कार्यालयमा आयोजना गरेको स्वागत कार्यक्रममा उनीहरूले यस्तो आग्रह गरेका हुन्।

१९औँ एसियन गेम्स अर्को वर्ष चीनको हान्जाउमा हुँदै छ। सहभागिता जनाउने देशहरूले तयारी थालिसके पनि नेपालमा भने कुनै सुरुवात हुन नसकेको भन्दै उनीहरूले अभ्यास थालनीको वातावरण मिलाइदिन आग्रह गरेका हुन्।

कार्यक्रममा विभिन्न संघका पदाधिकारी, ओलम्पिक कमिटीका पदाधिकारीलगायतको सहभागिता थियो। कोभिड– १९ ले गर्दा नेपाली खेलाडीको स्तर खस्किएको उल्लेख गर्दै ओलम्पियन दीपक विष्टले खेलाडीहरूले डबल मिहिनेत गर्नुपर्ने भएकाले तयारी अविलम्ब सुरु गर्नुपर्नेमा जोड दिए।

कार्यक्रमको आयोजक नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपाली खेलाडीले अभ्यास गर्ने उचित वातावरण पाएमा राम्रो नतिजा ल्याउनेमा आफू आशावादी रहेको बताए। नयाँ ऐन र परिवेशलाई समन्वय गर्दै बजेट विनियोजन खेलाडीको पक्षमा भएको अवस्थामा नेपाली खेलकुदको विकास हुने उनले बताए ।

विभिन्न संघका पदाधिकारीले राखेको मागलाई सम्बोधन गर्दै मन्त्री गहतराजले ८–१० महिनाको समय तयारीका लागि पर्याप्त भएको भन्दै अभ्यास तत्कालै थाल्न अग्रह गरे।

ad
ad