Skip This
सुनको मूल्य एकै दिन एक हजार तीन सय रुपैयाँले बढ्यो
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ कार्तिक २५ बिहीबार
  • Tuesday, 16 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक २५ बिहीबार १२:३o:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सुनको मूल्य एकै दिन एक हजार तीन सय रुपैयाँले बढ्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक २५ बिहीबार १२:३o:oo

नेपाली सुनचाँदी बजारमा छापावाल सुनको मूल्य आज बिहीबार प्रतितोला एक हजार तीन सय रुपैयाँले बढेको छ। आज सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ। बुधबार उक्त सुन प्रतितोला ९२ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांकअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार पाँच सय रुपैयाँ रहेको छ। बुधबार प्रतितोला ९२ हजार दुई सय रुपैयाँ तोकिएको थियो। त्यस्तै आज चाँदीको मूल्य बुधबारका तुलनामा २० रुपैयाँ बढेको छ। चाँदीको मूल्य एक हजार दुई सय ७० रुपैयाँ कायम भएको छ। चाँदी बुधबार प्रतितोला एक हजार दुई सय ५० रुपैयाँमा कारोबार भएको थियो।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावका आधारमा नेपाली बजारमा दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार आठ सय ५० डलरमा कारोबार भइरहेको छ।