१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक २३ मंगलबार १८:१२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन काठमाडौंमा गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक २३ मंगलबार १८:१२:००

नेकपा(माओवादी केन्द्र)को आगामी राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले पार्टीको राष्ट्रिय महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए। 

माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन ११–१३ पुसमा गर्ने निर्णय यसअघि नै गरिसकेको थियो। 

बैठकले प्रदेश इन्चार्ज र अध्यक्ष तोकेको र प्रदेश पदाधिकारीहरूको सम्बन्धमा भने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा सम्बन्धित प्रदेशभित्रका केन्द्रीय कमिटी सदस्यहरूसँग परामर्श गरेर टुंगो लगाउने निर्णय गरिएको महराले बताए। 

बैठकले पाँचदलीय गठबन्धन समन्वय समितिमा पार्टीको तर्फबाट अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई पठाउने निर्णय गरेको पनि उनले बताए। बैठकमा एमसिसीको सम्बन्धमा राष्ट्रिय सहमति कायम नभई र संशोधन तथा परिमार्जन नभई अगाडि नबढाउने कुरा भएको पनि उनले बताए। 

माओवादी केन्द्र न्यायालयभित्रको विवाद न्यायालय आफैँले टुंग्याउनुपर्ने पक्षमा रहेको महराको भनाइ छ।