मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o चैत २६ सोमबार
  • Thursday, 13 August, 2026
गणेश लम्साल विराटनगर
२o८o चैत २६ सोमबार १६:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काेशीमा माओवादीका तीन मन्त्रीले बुझाए राजीनामा 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८o चैत २६ सोमबार १६:१४:oo

कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएकाे छ। साथै, माओवादी केन्द्रले सरकारलाई दिएकाे समर्थनसमेत फिर्ता लिएकाे छ। 

कोशी सरकारमा माओवादी केन्द्रबाट मन्त्री बनेका तीनैजनाले राजीनामा दिएका छन्। वनमन्त्री गणेश उप्रेती, सामाजिक विकासमन्त्री राजेन्द्र कार्की र खानेपानीमन्त्री नारायण बुर्जामगरले मुख्यमन्त्री केदार कार्कीसमक्ष राजीनामा बुझाएका छन्। 

सोमबार बसेको माओवादी संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको थियाे।