
नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम सरकारबाट समर्थन फिर्ता लिएको छ। मुख्यमन्त्री कमलबहादुर शाहले माओवादीका दुई मन्त्री र एक राज्यमन्त्रीलाई हिजो पदमुक्त गरेका थिए।
संसदीय दलको निर्णयअनुसार समर्थन फिर्ता लिएको माओवादी केन्द्रले जनाएको छ। मुख्यमन्त्री शाहले माओवादीबाट सामाजिक विकासमन्त्री झपट साउद, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेश धामी र राज्यमन्त्री गीता माललाई हटाएका थिए।
माओवादीले समर्थन फिर्ता लिए पनि सरकारको बहुमत कायम छ। प्रदेश सरकारमा अब कांग्रेसका १८, नागरिक उन्मुक्तिका सात र एकीकृत समाजवादीका चारजनाको समर्थन छ।
कांग्रेस नेतृत्वको सरकारमा नागरिक उन्मुक्तिबाट एक मन्त्री र एक राज्यमन्त्री तथा एकीकृत समाजवादीबाट एक मन्त्री छन्। ५३ सदस्यीय प्रदेश सभामा सरकार बनाउन ३७ सदस्यको समर्थन आवश्यक पर्छ।