मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ कार्तिक २३ मंगलबार
  • Saturday, 12 July, 2025
२o७८ कार्तिक २३ मंगलबार १३:१८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

वर्षाका कारण सयौँ क्विन्टल आलु कुहिएपछि हुम्लाका किसान चिन्तित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक २३ मंगलबार १३:१८:oo

सयौँ क्विन्टल आलु कुहिएर खेर गएपछि हुम्लाका किसान चिन्तित भएका छन्। बिउका लागि र हिउँदमा खानका लागि खाल्डोमा शीतभण्डार गरी राखेको आलु कुहिएपछि सिमकोट गाउँपालिका– ५ का किसान चिन्तित भएका हुन्।

शीतभण्डारका लागि नजिकै बारीमा खाल्डो खनेर राखिएको आलु कुहिएर खेर गएको स्थानीय कृषक माल्ती रोकायाले गुनासो गरिन्। ‘६० केजीका नाै बोरा आलु जमिनमा खाल्डो खनेर गाडेका थियौँ। तीन दिनको अविरल वर्षाले कुहिएपछि त्यत्तिकै फाल्नुपरेको छ,’ रोकायाले भनिन्। सबै आलु कुहिएपछि खान मात्र नभई बिउ जोगाउनै मुस्किल भएको उनले बताइन्।

स्थानीय सुकिल्ली रोकायाको पनि आठ बोरा आलु कुहिएर काम नलाग्ने भएको छ। ‘बारीमा खाल्डो खनेर गाडेर राखेका थियौँ। हिउँदका लागि तरकारी खाने र बिउका लागि राखेको आलु कुहिएर काम नलाग्ने भएपछि सबै फाल्नुपरेको छ,’ उनले भनिन्।

अविरल वर्षाले आलु कुहिएपछि त्यत्तिकै खेर गएको स्थानीय किसान मुक्ति रावतको भनाइ छ। खाने आलुभन्दा बिउका लागि समस्या भएको उनले गुनासो गरिन्। शीतभण्डारका लागि खाल्डो खनेर जमिनमा गाडिएको आलु वर्षाका कारण कुहिएपछि कृषकहरू हिउँदमा खाने तरकारी र बिउका लागि चिन्तित भएका छन्। सिमकोट गाउँपालिका– ५ का अधिकांश कृषकहरूको तीनदेखि चार क्विन्टल आलु कुहिएर खेर गरेको छ।