मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक २२ सोमबार ०६:१०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सानिमा बैंकका अध्यक्ष पौडेलले लिए शपथ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक २२ सोमबार ०६:१०:००

सानिमा बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा तुकप्रसाद पौडेल नियुक्त भएका छन् । पौडेललाई बैंकको सञ्चालक समिति बैठकले अध्यक्ष चयन गरेको हो । नवनियुक्त अध्यक्ष पौडेलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष आफ्नो ओहदाको शपथ लिइसकेको बैंकले जनाएको छ । पौडेल यसअघि पनि बैंकको संस्थापक समूहको तर्फबाट विगत आठ वर्षदेखि निरन्तर रूपमा सञ्चालक रही जिम्मेवारी वहन गरिसकेको जनाइएको छ । 

नर्वेबाट हाइड्रोपावर डेभलपमेन्टमा स्नातकोत्तर गरेका पौडेल पेसाले हाइड्रोपावर र हाइड्रोलिक इन्जिनियर हुन् । देशमा उनले हाइड्रोविज्ञको परिचय बनाएको जनाइएको छ । २४ वर्षको पेसागत अनुभव सँगालेका पौडेलले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा उच्चस्तरको तालिममा सहभागी भइसकेको बैंकले जनाएको छ ।