Skip This
बाग्लुङका किसानलाई धान काट्ने चटारो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
२o८१ बैशाख २८ शुक्रबार १६:४१:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बाग्लुङका किसानलाई धान काट्ने चटारो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार १६:४१:oo

तिहार नजिकिँदै छ। असारमा रोपेको धानको बाला लहलहाउँदो भई काट्न ठिक्क परेको छ। केही किसानले काटिसकेका छन्, केहीलाई धान काट्ने चटारो परेको छ। तिहार नजिकिँदै गए पनि किसानलाई भने बिहानैदेखि धान काट्ने र भित्र्याउने चटारोले छोएको छ। केही समयअघि आएको बेमौसमी हावाहुरीसहितको वर्षाले विभिन्न ठाउँमा खेतबारीमा लगाइएको अन्नबालीमा क्षति पुर्‍याएको थियो। पाक्नै लागेको धान हावा र पानीले भुँइमा ढलाएपछि किसानले नोक्सानी व्यहोर्नुर्‍याे। मौसमले साथ नदिए पनि अहिले किसानलाई धान काट्नका लागि चटोरो रहेको छ। 
 

यस वर्ष असारमा वर्षा राम्रै भएका कारण समयमा नै धान रोप्न भ्याएका किसान राम्रो उत्पादन हुने आशामा थिए । तर, बेमौसमी वर्षाका कारण सोचेअनुसार धान भित्र्याउन नपाएकोे किसानहरू बताउँछन्। ‘काट्ने वेलाको धान ढल्यो। तर, नोक्सानी भने धेरै हुन पाएको छैन,’ जिल्लाको बाग्लुङ नगरपालिकी– १३ पैयुँपाटाका किसान यशोदा शर्माले भनिन्, ‘बेमौसमी वर्षाले ठूलो क्षति पुर्‍याउँछ कि भन्ने चिन्ता थियो। धन्न हावाले ढलाएको धान पनि केही उठ्यो। त्यसैले धेरै क्षति हुन पाएन। त्यस्तै १० प्रतिशत धानमा असर भएको होला नत्र राम्रै भएको छ।’ 

उनले अहिले गाउँघरमा किसानहरू धान भित्र्याउने चटाराेमा रहेको बताइन्। ‘पहिले–पहिलेजस्तो खेताला पनि पाउन छाड्यो,’ शर्माले थपिन्, ‘मौसमको भर हुँदैन, अहिले हतार छ। तिहार नजिकिए पनि यसको रौनकताले छोएको छैन।’ जिल्लाको ग्रामीण भेगमा गुढुरा, गौरिया, जेठोबुढो कालनाथ्रे, लुम्ले, माछापुच्छे« र राधाकमल जातका धान रोप्ने गरिएको छ। यसका अलावा, स्थानीय जातका धानहरू पनि लगाउन गरिएको छ। 

जिल्लामा कुल पाँच हजार आठ सय हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो। अघिल्लो वर्षभन्दा यस वर्ष केही मात्रामा उत्पादन वृद्धि हुने अनुमान गरिए पनि बेमौसमी वर्षाका कारण अपेक्षा गरिएअनुसार उत्पादन हुन नसकेको कृषि ज्ञान केन्द्र बाग्लुङका प्रमुख भानुभक्त भट्टराईले जानकारी दिए। ‘गत वर्षभन्दा यस वर्ष असारयता मौसमले साथ दिएको थियो। उत्पादन राम्रो हुने अनुमान गरिएको थियो,’ कार्यालय प्रमुख भट्टराईले भने, ‘काट्ने वेला हुँदा बेमौसमी हावाहुरी र पानी आयो, धान ढल्यो। झन्डै १५ प्रतिशत वृद्धि हुने अनुमान गरिए पनि वर्षाका कारण त्यो हुन सकेन।’ 

अघिल्लो वर्ष जिल्लामा यस वर्षभन्दा ५० हेक्टर कम क्षेत्रफलमा धानखेती गरिएको र १८ हजार ६ सय ९० मेट्रिकटन उत्पादन भएको थियो। यस वर्ष झन्डै १५ प्रतिशतले बढ्ने अनुमान गरिए पनि बेमौसमी वर्षाका कारण अनुमान गरेजति उत्पादन नहुने कृषि ज्ञान केन्द्रले जनाएको छ। 

ad
ad