मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ कार्तिक १४ आइतबार
  • Saturday, 19 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक १४ आइतबार १७:२७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानन्यायाधीश जबराको इजलासबाट दुई मुद्दाको सुनुवाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक १४ आइतबार १७:२७:oo

आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासले दुई मुद्दाको सुनुवाइ गरेको छ। प्रधानन्यायाधीश जबराको राजीनामा मागिरहेका अन्य न्यायाधीश आइतबार पनि इजलासमा बसेनन्। जबराको राजीनामा माग गर्दै नेपाल बार पनि आन्दोलनमा छ।  

सर्वोच्च अदालतका अनुसार आइतबार प्रधानन्यायाधीशसमेतको गरी ४ एकल इजलास र  ८ संयुक्त इजलस तोकिएका थिए। १२ इजलासमा २४८ मुद्दाको सुनुवाइ तोकिएको थियो। तर, प्रधानन्यायाधीश जबराको एकल इजलासबाट मात्रै दुई मुद्दाको सुनुवाइ हुन सकेको हो। सर्वोच्चले दुईमध्ये एक मुद्दालाई हेर्दाहेर्दैमा राखेकाे छ भने एक मुद्दामा कारण देखाउ आदेश जारी भएको छ।