१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७८ कार्तिक १४ आइतबार ०७:५४:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

‘अर्को दसैँसम्म हुम्ला सडक सञ्जालमा’

Read Time : > 1 मिनेट
२०७८ कार्तिक १४ आइतबार ०७:५४:००

नेपाली सेनाले निर्माण गरिरहेको कर्णाली करिडोरअन्तर्गत कालिकोटको खुलालु–लैफुदेखि हुम्लाको सल्लीसल्ला र महाकाली करिडोरअन्तर्गत दार्चुला टिंकर सडक आयोजनाको विकास तथा प्राविधिक समितिकी सभापति कल्याणीकुमारी खड्काले निरीक्षण गरेकी छिन् । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको नेपालको एक मात्रै जिल्ला हुम्ला पुगेकी समितिकी सभापति खड्काले संघीय सरकारको मापदण्ड पूरा गरेर सडक खोल्न प्रदेश, स्थानीय सरकारलाई आग्रह गरेकी छिन् ।

प्रदेश र स्थानीय सरकारले खनेका शाखा–उपशाखा सडकले केन्द्र सरकारको निर्माण भत्किने उनले बताइन् । सोही कारण बेमौसमी वर्षाले ट्र्याक खोलेका सडक पनि बाढी र पहिरोले अवरुद्ध हुँदा हप्ताँै दिन जहाजको प्रतीक्षामा बस्नुपर्ने बाध्यता परिरहेको उनले बताइन् । 

सडक डिभिजन विभागका उपमहानिर्देशक शिव नेपालले कालिकोटको लैफुखण्डको १३ किलोमिटर र हुम्लाको लालीदेखि छारेखण्डकको सात किलोमिटर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिइसकेको बताए । अब अर्को दसँैभित्र हुम्लालाई वैकल्पिक भए पनि राष्ट्रिय सडक सञ्जालसँग जोड्ने लक्ष्य रहेको नेपालको भनाइ छ । हिल्सा सिमकोट सडकको ९५ किलोमिटर ट्र्याक खोलिसकेको हिल्सा सिमकोट सडक योजना प्रमुख विसुनदास लामाले बताए ।

सिमकोट सल्लीसल्ला ५० किलोमिटरमध्ये ४० किलोमिटर ट्र्याक हिल्सा सिमकोट योजनाले खोलिसकेको बताए । सिमकोट सल्लीसल्लामध्ये १० किलोमिटर सडकमा सात किलोमिटर चट्टानी भाग नेपाली सेनाको कर्णाली करिडोर विकास निर्माण समिति दललाई जिम्मा दिइएको छ । बाँकी तीन किलोमिटर र बेलिब्रिज योजना हिल्सा सिमकोट योजनाको जिम्मा रहेको उनले बताए । 

हिल्सा–सिमकोट सडकखण्डमा चार ठाउँमा पुल निर्माणाधीन अवस्थामा छन् । नाम्खा गाउँपालिका–१ को हेप्का खोला, तागरु खोला, नाम्खा गाउँपालिका–३ को याङ्गार, सल्लीखोलाका चार स्थानमा पुल निर्माणाधीन अवस्थामा रहेको हिल्सा सिमकोट सडक योजनाको प्रमुख विसुनदास लामाले बताए । खार्पु नदीमा पक्की पुल, छोरेमा दुई बेलिब्रिज पुलको ठेक्का भई सम्झौता भइसकेको प्रमुख लामाको भनाइ छ । साप्ने, लाली, सुनाखाडा, न्यासी र सल्लीसल्ला तथा गोठीका लागि केन्द्रबाट बजेट विनियोजित भइसकेको प्रमुख लामाको भनाइ छ ।