१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार ११:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सिद्धार्थ बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार ११:३५:oo

सिद्धार्थ बैंक लिमिटेड र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच नवीकरणीय ऊर्जा प्रवर्द्धन गर्ने उद्देश्यले कर्जा जोखिम न्यूनीकरण सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका तर्फबाट कार्यकारी निर्देशक नवराज ढकालले हस्ताक्षर गरे । 

उक्त सम्झौताअनुसार दिगो ऊर्जा चुनौती कोषसँग समन्वय गरी बैंकको नवीकरणीय ऊर्जा परियोजनामा प्रवाह भएको कर्जाको २० प्रतिशत रकम वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत ग्यारेन्टी हुनेछ । यस सम्झौताले बैंकको नवीकरणीय ऊर्जा परियोजनाहरू जस्तै सोलार नेट मिटरिङ, १ मेगावाटसम्मको ग्रिड टाइड सोलार परियोजना, फोहोरबाट ऊर्जा निकाल्ने परियोजना, मिनी र माइक्रो हाइड्रो, घरपरिवारमा विद्युतीय खाना पकाउने, सिँचाइका लागि सौर्य पानी पम्प र विद्युतीय परिचालनमा कर्जा लगानी गर्न थप प्रोत्साहन गरेको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले बैंकले देशभर एक सय ९६ वटा शाखा (५ एक्स्टेन्सन काउन्टरसहित), ७३ शाखारहित बैंकिङ सेवा र दुई सय २६ एटिएममार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्दै आएको छ । ‘सम्बन्ध सधैँभरिलाई’ भन्ने नारा अवलम्बन गर्दै बैंकले ‘सिद्धार्थ  केयर’मार्फत विभिन्न सेवा प्रदान गर्ने तथा गुनासोलाई सम्बोधन गर्ने कार्य हप्ताको सातै दिन २४सै घण्टा गर्दै आएको छ ।

ad
ad