१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक १३ शनिबार
  • Monday, 30 June, 2025
२o७८ कार्तिक १३ शनिबार १६:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हत्याको आरोपमा एक व्यक्ति पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक १३ शनिबार १६:o३:oo

कैलालीमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा प्रहरीले शनिबार एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भजनी नगरपालिका–३ ठेकीपुरका १८ वर्षीय किरण साउद रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार गए राति साउद र टीकापुर नगरपालिका–८ कालीमाटीका अनुप साउदबीच कालीमाटीमा वादविवाद भएको थियो। सो क्रममा झगडा हुँदा किरणले अनुपलाई धारिलो हतियार चक्कु प्रहार गरी घाइते बनाएका थिए। घाइते अनुपको टीकापुर अस्पतालमा उपचारका क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ । किरणलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको छ।