पोखरा विश्वविद्यालयमा सञ्चालित उद्यमशीलता विकास कार्यक्रमको चार वर्षे स्नातक तहमा अध्ययन गर्न चाहने विद्यार्थीलाई अध्ययन गर्न तथा अध्ययनपश्चात् उद्यम–व्यवसाय सञ्चालन गर्न सहजीकरण गर्ने उद्देश्यले पोखरा विश्वविद्यालय र नबिल बैंक लिमिटेडबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल तथा रजिस्ट्रार डा. दीपकबहादुर भण्डारीको उपस्थितिमा मानविकी तथा सामाजिक शास्त्र संकाय डिन, सहप्राडा अजय थापा र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गरेका हुन्।
कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा.डा. अर्यालले विश्वविद्यालयले देशलाई आवश्यक पर्ने उद्यमी जन्माउने कार्यलाई अभियानका रूपमा लैजाने बताउए । उनले परम्परागत शैलीको पठनपाठनमा आमूल परिवर्तन गरी विद्यार्थीलाई उद्यमशीलतामा आकर्षित ज्ञान र सीप दिने उद्देश्यले नेपालमै पहिलोपटक उद्यमशीलता विकासमा पठनपाठन सुरु गरिएको बताए ।
बैंकका सिइओ शाहले नेपालका ठुल्ठूला उद्यमी नबिल बैंकको ग्राहक भएको उल्लेख गर्दै बैंकमा यथेष्ट रकम डिपोजिट रहेको, तर बैंकको दिगो विकासका लागि उद्यमीलाई रोजगार दिने सहयात्री खोज्दै गर्दा पोखरा विश्वविद्यालयजस्तो उत्कृष्ट संस्था भेटिएकाले आफू र आफ्नो टिमलाई निकै सन्तुष्टि प्राप्त भएको उल्लेख गरे। रासस
उद्यमशीलता विकासका लागि पोखरा विश्वविद्यालय र नबिल बैंकबीच सम्झौता
अब बुढीगण्डकी जलविद्युत् आयोजना प्राधिकरण मोडलमा
२ हप्ता अघि
थप ६ इन्टरनेट सेवाप्रदायकलाई प्राधिकरणको कारबाही
२ हप्ता अघि
सातामै प्रतिमन आठ हजार बढ्यो अलैँचीको मूल्य
४ हप्ता अघि
सुझावित समाचार
बुटवलमा ‘दीपावली सडक खाना महोत्सव’ हुँदै
बुटवल/ तिहार पर्वको अवसरमा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले ‘दीपावली सडक खाना महोत्सव’को तयारी गरेको छ।…
कोदोखेतीतर्फ आकर्षित हुँदै ताप्लेजुङका किसान
ताप्लेजुङ। गाउँघरमा किसानले आफ्नै परिवारको उपभोगका लागि उत्पादन गर्दै आएको कोदो अहिले महत्त्वपूर्ण खाद्यबालीका रूपमा स्थापित हुँ…
नाैजनाले जिते मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको कार कसले जित्ला ?
काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिंक्सको ‘एनर्जाइज्ड दसैँ धमाका २०२६’ अभियानअन्तर्गत हालसम्म नाैजना उपभोक्ताले यामाह…
अलपत्र परेका सबै ठेक्का अन्त्य गर्ने : पूर्वाधारमन्त्री लम्साल
काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनील लम्सालले देशभर वर्षौँदेखि अलपत्र रहेका रुग्ण ठेक्का तत्काल अन्त्य गर्ने प्रक्रिया अघि बढाइएको…
खाद्यमा छैन खरिदको सुरसार, व्यापारीलाई सस्तोमा धान बेच्दै किसान
धनगढी । धनगढी उपमहानगरपालिका– १०, घुइयाघाटका किसान रामकिसन रानाले प्रतिक्विन्टल दुई हजार ७५० रुपैयाँका दरले साढे १५ …
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा वृद्धि भएको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका…