कटारीमा ग्लोबल आइएमईको शाखा

बिहिबार, ११ कार्तिक, २०७८
डिजिटल संस्करण

 ग्लोबल आइएमई बैंक लिमिटेडले उदयपुरको कटारी बजारमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले कटारी नगरपालिका–३ मा दुई सय ८३औँ शाखा सञ्चालनमा ल्याएको हो । 

नयाँ शाखासँगै बैंकले देशका ७६ जिल्लामा दुई सय ८३ शाखा, दुई सय ५१ एटिएम, दुई सय ६० शाखारहित बैंकिङ सेवा, ४८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्पmत सेवा दिँदै आएको जनाएको छ । 

सुझावित समाचार